एउटी यूवती बिमानस्थलको
प्रतिक्षा कक्षमा विमानको प्रतिक्षा गर्दै थिर्इन।
जहाज आउन धेरै समय बांकी
रहेको हुंदा उनले समय बिताउनको लागि एउटा किताब किनिन साथै एक प्याकेट बिस्कुट
पनि।
उनी एयरपोर्टको अति बिशिष्ट
कक्षको आरामचियरमा आराम पूर्वक बसि पढ्न थालिन।
बिस्कुट उनको आडैमा थियो
जहां एक जना मान्छे आएर बस्यो, पत्रिका निकाल्यो र पढ्न थाल्यो।
जसै उनको किताब पढ्दै
प्याकेटबाट १ पुरीया बिस्कुट झिकिन त्यो मान्छेले पनि त्यसै गर्यो। उनलार्इ रिस
उठ्यो त्यसरी बिस्कुट खार्इ दिएकोमा, तर मुखले केहि भनिनन्। मात्रै सोचिन मेरो मुड
ठिक नभएको बेला पर्या भए म त्यसलार्इ आंखामा हिर्काइ दिन्थे।
फेरी उनको अर्को बिस्कुट
झिकीन र त्यो मान्छेले पनि त्यसो गर्यो। उनलार्इ साह्रै रिस उठ्यो, तर पनि हलचल
नगरी बसिन।
यो क्रम चलिरह्यो र
अन्त्यमा एउटा मात्र बिस्कुट बांकी रह्यो। अब हेरौ त के गर्दो रहेछ? उनको दिमागमा
प्रश्न आयो त्यस्तैमा त्यो मान्छेको त्यो अन्तिम बिस्कुट हातमा लियो, आधा भांचेर
आफुलार्इ राख्यो र आधा उनलार्इ दियो।
यो त अत नै भयो। यहि सोचेर
उनी साह्रै रिसार्इन अनि आफ्नो किताब र झोला बोकेर त्यहांबाट उठीन।
जहाज उडे पछि उनले चस्मा
झिक्न आफ्नो झोला खोलिन। तर अचम्म झोलामा उनीले आफुले अघि किनेको बिस्कुट पो
भेटिन्।
उनलार्इ लाज लागेर आयो
आफुले अघि गरेको व्यवहार सम्झेर। बिस्कुट किनेर झोलामा राखेको कुरा उनले बिर्सेकी
रहिछिन्।
त्यस मान्छेले पत्रिका
पढ्ने बेला आफ्नो बिस्कुट पो उनी संग बांढेर खार्इ रहेको रहेछ।
जुन बिस्कुट अरूले त्यसै
खार्इ दिएकोमा उनलार्इ त्यस्तो रिस उठेको थियो त्यो त वास्तवमा उसैको बिस्कुट पो
रहेछ जसले नरिसार्इकन आफ्नो खाने कुरा उनी संग बांढेको थियो। अब त उनी संग त्यस
मान्छेकोमा फर्केर गर्इ माफी माग्ने समय पनि थिएन कारण जहाज उडी सकेको थियो।
भनिन्छ चार चिज तिमी कहिले
पनि फर्काउन सकिदैन।
बन्दुकको गोलि, बोलेको बोलि,
गुमेको अवसर र बितेको समय
स्रोत साभार
No comments:
Post a Comment